एक दिनकै माँया मिठो , दुईदिनको दोधारे
तीन दिनमा तितो भन्छन , चार दिनमा चोट रे
कोइको माँया बनावटी कोइको देखासिकी
कोइकोई ले त गर्छन तर माँया मुटु झिकी
पाँच दिनमा पिर्छ माँयाले छ दिनमा छोड्छ रे
एक दिनकै माँया मिठो , दुईदिनको दोधारे
कोइको माँया अलिकति कोइको माँया गहिरो
कोइको माँया शितल शितल कोइको माँया पहिरो
सात दिनमा सताउछ रे आठ दिने अप्ठ्यारो
एक दिनकै माँया मिठो , दुईदिनको दोधारे
२०६७ भाद्र ३
" किनाराको यात्री "
जिबिहांग राई
No comments:
Post a Comment