जहरमा अल्झेपानी , शिखरमा पुगेपनि
किनारामा लडेपनि , सागरमा डुबेपनि
जिन्दगी त जिन्दगी नै हो
दुईमुठ्ठी सास रहुन्जेल , त्यहिँ हावा बाँच्ने हो
दुखमात रुन्छन सबै ,शुखामा नै सब हाँसने हो
दुखी दुखको भुमरीमा फसेपनी
सुखी सुखको महलमा बसेपनि
जिन्दगी त जिन्दगी नै हो
बाँचुन्जेल पो आशा हजुर ,मरेपछि केहि न केहि
हिड्ने पाईला फरक होला टेक्ने धरती त उही
जहरमा अल्झेपानी , शिखरमा पुगेपनि
किनारामा लडेपनि , सागरमा डुबेपनि
जिन्दगी त जिन्दगी नै हो
२०६७ श्रावन ३१
"किनाराको यात्री "
जिबिहांग राई
No comments:
Post a Comment