Wednesday, August 18, 2010

एक दिनकै माँया मिठो

एक दिनकै माँया मिठो , दुईदिनको दोधारे

तीन दिनमा तितो भन्छन , चार दिनमा चोट रे



कोइको माँया बनावटी कोइको देखासिकी

कोइकोई ले त गर्छन तर माँया मुटु झिकी

पाँच दिनमा पिर्छ माँयाले छ दिनमा छोड्छ रे

एक दिनकै माँया मिठो , दुईदिनको दोधारे


कोइको माँया अलिकति कोइको माँया गहिरो

कोइको माँया शितल शितल कोइको माँया पहिरो

सात दिनमा सताउछ रे आठ दिने अप्ठ्यारो

एक दिनकै माँया मिठो , दुईदिनको दोधारे


२०६७ भाद्र ३

" किनाराको यात्री "

जिबिहांग राई 

जिन्दगी त जिन्दगी नै हो

जहरमा अल्झेपानी , शिखरमा पुगेपनि

किनारामा लडेपनि , सागरमा डुबेपनि

जिन्दगी त जिन्दगी नै हो



दुईमुठ्ठी सास रहुन्जेल , त्यहिँ हावा बाँच्ने हो

दुखमात रुन्छन सबै ,शुखामा नै सब हाँसने हो

दुखी दुखको भुमरीमा फसेपनी

सुखी सुखको महलमा बसेपनि

जिन्दगी त जिन्दगी नै हो



बाँचुन्जेल पो आशा हजुर ,मरेपछि केहि न केहि

हिड्ने पाईला फरक होला टेक्ने धरती त उही

जहरमा अल्झेपानी , शिखरमा पुगेपनि

किनारामा लडेपनि , सागरमा डुबेपनि

जिन्दगी त जिन्दगी नै हो


२०६७ श्रावन ३१

"किनाराको यात्री "

जिबिहांग राई

पाईन मैले पत्तै

तिम्रो मनको बगैचामा धेरै धेरै डूलदथे

नजरमा डुबी तिम्रो संसारै भुल्दथे

ढुकढुकीमा तिम्रो बसन्त खुल्दथे

सुबाशमा तिम्रो बेली चमेली फुल्दथे



तिमीलाई भेटेपछि संसारै प्यारो लाग्थ्यो

मनभित्र गुम्सिएका पिर कता भाग्त्यो भाग्थ्यो

तिमीलाई सम्झिएर राती भरि आँखा जाग्थ्यो

रातैदिनै यो मनले तिम्रै मात्र साथ माग्थ्यो

भेटिरहू लाग्थ्यो तिम्लाई पाईरहू लाग्थ्यो सधै

कति दुक्थ्यो कति मन छुट्नु पर्दा कहिँ कतै

एकोहोरो भाथ्यो मन तिम्लाई देख्थे जताततै

रितो भैसकेछ मन माँयामा पाईन मैले पत्तै


आज टाढा हुदा थाहा भयो

मरिसकेछु माँयामा पाईन मैले पत्तै


२०६७ भाद्र १

"किनाराको यात्री"

जिबिहांग राई