Sunday, June 20, 2010

जिन्दगीको सपना मेरो

जिन्दगीको सपना मेरो
सधैभरी हुनेभो अपूरो
तिमि यता म उता भएर
एक्लै छोडी तिमीले गएर

तिमीबिना जीन्दगी अध्यारो
एकैपल काट्न नि अप्ठ्यारो
गाह्रो भयो दुई दिने चोलानी
मै अभागी भएर होलानी

तिमि कुन्नी तडपिन्छौ तडपिन्नौ
खबर पठाउ फर्किन्छौ फर्किनौ
सुक्ने लाग्यो आसुको खोलानी
मै अभागी भएर होलानी

"किनाराको यात्री "
जिबिहांग राई

No comments:

Post a Comment