उसको लागी सपनामा सुनौलो रंग भरे
अब रंग किन भर्नु , मत उसको होइन अरे
हल्ला चल्यो उसको लागी , मैले मरी मेटेपछि
यस्तो लाग्थ्यो नयाँ जीबन शुरू होला भेटेपछि
यस्तो आशा भरोशा त कटी गरेँ गरेँ
अब आशा केलाई गर्नु ,मत उसको होइन अरे
भेट्दा उनलाई त्यों दिनमा , सपना टूटी फूटी गयो
उनको बोली अझै याद छ "तिम्रो मायाँ गरीब भयो "
गरिबले मायाँ गर्नै , नपाउने कस्तो हरे
अब मायाँ कस्लाई गरु मत उसको होइन अरे
२०६७ असार ९
"किनाराको यात्री "
जिबिहांग राई